Posts

Showing posts from December, 2021

कक्षा ११ नेपाली ( गाउँकाे माया)

७ व्याख्या गर्नुहोस्ः क) हाम्रा गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन् ।        व्याख्याका लागि दिएइको प्रस्तुत कथांश गाउँको माया शीर्षकको सामाजिक यथार्थवादी कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार इस्माली (महेश्वरप्रसाद पौडेल) हुन् । प्रगतिवादी तथा सामाजिक यथार्थवादी कथाकार इस्मालीले समाजमा रहेका सूक्ष्म घटनालाई समेटेर कथा लेख्ने गर्दछन् । यस कथाका पात्र कृष्ण गाउँ फर्कने क्रममा भाइले लेखेको पत्र सम्झने क्रममा माथिको वाक्यांश आएको हो । गाउँमा अब पुरातन सोचले काँचुली परिवर्तन गरिसकेको पनि प्रस्तुत वाक्यांशले बताउन खोजेको छ । गाउँ छाडेर आर्थिक उपलब्धिका लागि शहर पसेका प्रस्तुत कथाका प्रमुख पात्र किसन दुई वर्षपछि मात्र गाउँ फर्कदै छन् । गाउँमा नहुँदा पनि आफ्नो भाइ मार्फत् गाउँका बारेमा बुझ्दै र जानकारी लिँदै आएका छन् । उनले गाउँ छाड्नु केही अगाडिसम्म पनि गाउँमा परम्परागत शैलीकै अनुशरण हुँदै आएको भए तापनि हाल आएर आधुनिकताको अनुशरण हुन लागेकोमा निकै खुशी देखिन्छन् । परम्परागत् नाटकको सट्टामा रबिनहुडको नाटक रिहर्सल हुन लागेको सुन्न पाउँदा उनीभित्रको खुशीको सीमा बढेको प